विदेशी लगानी भित्र्याउने कुरालाई प्राथमिकतामा राख्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

मंगलबार पार्टी निकट बौद्धिक पेशाकर्मी महासंघ नेपाल पुनर्गठन तयारी समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानीकर्तासँग कुरा गरेको तर नेपालमा लगानी गर्ने प्रक्रियाका लागि झन्झट हुने गरेको गुनासो पाएको बताए। उनले विदेशीहरू नेपालमा लगानी गर्न इच्छुक भए पनि कानूनी व्यवधानहरूले समस्यामा पार्ने गरेको बताए।

उनले न्यायालय निष्पक्ष हुन नसकेको बताए। उनले ७३ प्रतिशतभन्दा बढी बजेट तलब, भत्ता, ऋण तिर्न र यात्रामा खर्चिँदैमा सकिने भन्दै यस हिसाबले कुनै पनि देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही नभएको बताए।

अध्यक्ष यादवले नेपालको प्राकृतिक स्रोतको प्रयोग गर्न सके नेपाल समृद्ध मुलुक बन्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर