बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीकाे स्वार्थ हाबी भयाे : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०/०८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन्।

उनले बजेट संविधानले परिकल्पना गरेअनुरूपको समाजवाद उन्मुख नभएको बताए। उनले बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको बताए।

बजेटले लक्ष्यअनुरूपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने उनको भनाइ छ।

उनले बजेट भोकमरी, गरिबी, बेरोजगारी र अशिक्षाबाट जनतालाई मुक्त गर्ने गरी आउनुपर्नेमा त्यस्तो हुन नसकेको बताए।

अध्यक्ष यादवले बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी भएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर