बारामा १४ दिनका छोराको हत्या गरेर भागेका बुबा काठमाडौंबाट पक्राउ

बारामा आफ्नै १४ दिनका छोराको हत्या गरेर फरार रहेका बुबा काठमाडाैंबाट पक्राउ परेका छन्।

देवताल गाउँपालिका-४, तिप्राडी टोलका २५ वर्षीय नुर आलम अन्सारी मंगलबार अपराह्न ५:३० बजे काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५, ढुंगेअड्डा, पीपलबोटबाट पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनले जेठ १४ गते अपराह्न ५ बजे आफ्नै १४ दिनका छोराको हत्या गरेको आरोप छ।

पक्राउ परेका उनलाई अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बारा पठाइएको प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर