कालीकोटमा जीप दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु

कालीकोटको रास्कोट नगरपालिका-२, सेरामा जीप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मनबहादुर शाही र उकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवराज बमले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही घाइते भएकी छिन्।

घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ।

स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर