जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु हुँदैन : कांग्रेस

सत्तारूढ दल नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न नहुने बताएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखी काम गर्ने प्रस्ताव गरेको थियो।

सोही विषयलाई लिएर निर्वाचन आयोगले सरकारको उक्त प्रस्तावप्रति आपत्ति जनाउँदै शुक्रबार सर्वदलीय बैठक बोलाएको थियो।

बैठकमा नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न नहुने धारणा राखेको पार्टीका सहमहामन्त्री जीवन परियारले बताए। उनले बजेटमा जिल्ला निर्वाचन कार्यालय मर्ज गर्न नहुने पार्टीको आधिकारिक धारणा रहेको बताए।

छरिएर रहेका निर्वाचन कानूनलाई एकीकृत गर्ने गरी आयोगले विधेयक तयार पारेको र त्यस विषयमा पनि कांग्रेस छिटोभन्दा छिटो संसदमा पेस गर्नुपर्ने पक्षमा रहेको बताए।

निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने कार्य पालिका कार्यालयमार्फत गर्ने तयारी गरेको धारणा राखे पनि त्यस विषयमा भने पार्टीले असहमति जनाउँदै जिल्ला निर्वाचन कार्यालयलाई नै अग्रसर गर्नुपर्ने कुरा राखेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर