ग्लोबल आईएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

ग्लोबल आईएमई बैंकका ग्राहकहरूले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकट किन्दा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् । बैंकले रूपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो ।

यो योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय-समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लावान्भित गर्दै आएको छ ।
यो योजना सीमित अवधिको लागि लागू रहने छ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन एवं राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *