अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग, राष्ट्रपति चुनावमा कस्तो पर्ला असर?

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्य्राइँ गरेको अभियोग लागेको छ। न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढंगले गोप्य कागतपत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो।

राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि उनीमाथि आपराधिक अनुसन्धानका क्रममा उक्त आरोप लागेको हो। यसबाट आगामी राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लाग्न सक्ने जोखिम बढेको छ। राज्यका गोेप्य कागतपत्रलाई लिएर अपराधको आरोप खेप्ने उनी पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्।

‘भ्रष्ट बाइडेन प्रशासनले मलाई लगाइएको अभियोगका बारेमा मेरा वकिलहरूलाई सूचित गरेको छ,’ पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन्।

आगामी मंगलबार आफूलाई मियामीको संघीय अदालतमा उपस्थित हुन आदेश दिइएको पनि उनले उल्लेख गरेका छन्। आफ्नो ७७ औं जन्मदिनको अघिल्लो दिन उनी अदालतमा हाजिर हुनुपर्नेछ।

पूर्वराष्ट्रपति ट्रम्पमाथि लगाइएको अभियोग र उनको भनाइका बारेमा कानून मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन। यद्यपि उनका कानून व्यवसायीहरूले देशका पूर्वप्रमुखमाथि सरकारी गोप्य दस्तावेज घरमा राखेकोलगायत सातवटा अभियोग लगाइएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर