जेसीबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ ।

स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसीबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

कालीगण्डकी करिडोरको सेतीबेनी-मिर्मी सडक खण्डअन्तर्गत गल्याङ-५, जोगिमारास्थित ठूलोखोलामा आज बिहान सो दुर्घटना भएको उनले जानकारी दिए। घाइते क्षेत्रीको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

क्षेत्री २०७४ सालको स्थानीय तहको निर्वाचनमा गल्याङ-५ को वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *