पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीको माग

पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरूले माग गरेका छन् ।

शुक्रवार काठमाडमौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै ट्रकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), होटेल एशोसिएशन अफ नेपाल (हान), वायुसेवा सञ्चालक संघले सरकारसमक्ष पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न माग हुन् ।

व्यवसायीहरूले सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि व्यवस्था गरेका करका दर खोरज गर्नुपर्ने माग गरेका छन् ।

व्यवसायीले पर्यटन तथा हवाई क्षेत्रमा सरकारले व्यवस्था गरेका करका दरप्रति असन्तुष्टि जनाउँदै नयाँ प्रस्ताव राखेका छन् । व्यवसायीहरूले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघ-संगठन सम्मिलित विज्ञ समूह/समिति बनाएर गहन अध्ययन गर्नुपर्ने र घोषित करहरू १ वर्षपछि मात्र लागू हुने गरी व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

व्यवसायीहरूले कोभिड-१९ महामारीबाट भर्खरै लयमा फर्कंदै गरेको पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउन भन्दै बजेटमा भएका घोषणाले पर्यटन उद्योगमा गम्भीर र नकारात्मक असर गर्ने बताए ।

नेपाल पर्यटनका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले सस्तो गन्तव्य भनिरहँदा भाडादर भने महँगो भएको बताए ।

ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपालका अध्यक्ष निलहरि बाँस्तोलाले सरकारले देशलाई लगिरहेको गतिले व्यवसाय सञ्चालन गर्न नसकिने बताए । उनले पर्यटन व्यवसायीहरूले चाबी सरकारलाई बुझाएर बस्नुपर्ने स्थिति सिर्जना भएको बताए ।

सरकारले नेपालमा हवाई टिकटका भ्याट लगाउँदा विदेशी एजेन्सीबाट टिकट बुकिङ बढ्न सक्ने चेतावनीसमेत व्यवसायीले दिएका छन् ।

भ्याट लगाउँदा विदेशी पर्यटकको टुर प्याकेज महँगो हुने भन्दै व्यवसायीले नेपाल भ्रमणबाट निरुत्साहित हुने बताएका छन् ।

पर्यटन व्यवसायीले माफ्नो माग पूरा नभए दबाबमूलक कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *