प्रधानमन्त्री भारत भ्रमणमा देशहितको पक्षमा चुइँक्क बोल्न सक्नुभएन : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न नसकेको बताएका छन्।

भारतसँग आफ्नो देशको पिरमर्कासमेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप छ।

शनिबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उनले वर्तमान सरकारलाई नालायकको संज्ञा दिए।

ओलीले देशको दुर्दिन सुरु हुनु युक्रेन युद्धको कारणले हो भनी सरकारको कटाक्षसमेत गरे।

प्रधानमन्त्री दाहालले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको बताए।

वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको जिकिर गर्दै अध्यक्ष ओलीले यस्तो सरकार भएपछि मुलुकमा ग्रहण लाग्नु स्वाभाविक भएको बताए।

उनले वर्तमान सत्तारूढ गठबन्धनले आफ्नो पार्टीलाई विरोध गरे पनि कमजोर बनाउन नसक्ने दाबी गरे।

अध्यक्ष ओलीले मुलुकको सुन्दर भविष्यका लागि पनि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताए।

ओलीले कर्मचारीहरूलाई मुस्कानसहितको जनसेवाका काममा जुट्न पनि आग्रह गरे।

उनले जनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने पनि स्मरण गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *