भारतमा सडक दुर्घटनामा परी एकै परिवारका चार नेपालीकाे मृत्यु

भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुने चार जना एकै परिवारका हुन्।
शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका-२, उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी (छोराकी श्रीमती) २७ वर्षीया नर्मदा र भाइकी श्रीमती (बुहारी) ४२ वर्षीया कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनीहरू सबै पूजापाठ सकेर फर्किरहेका थिए।
खटिमा टनकपुर सडकखण्डको चकरपुर र वनबासा जंगलबीचमा रहेको जुरियानालामा कारले ठक्कर दिँदा स्कुटरमा सवार उनीहरूको मृत्यु भएको हो।
उनीहरू चारै जना वनबासा हुँदै दुईवटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए। उनीहरूलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको हो।
दुर्घटनामा परेर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‍याउने बितिक्कै चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ। ‘विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रूपमा केही जानकारी आएको छैन,’ प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर