कांग्रेस विधिसम्मत ढंगले चल्न सकेन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत ढङ्गले चल्न नसकेको बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेस वाग्मती प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उनले पार्टी विधिसम्मत ढङ्गले चल्न नसक्दा भ्रातृ र शुभेच्छुक संस्था अफ्ठ्यारोमा परेको बताएका हुन्।

‘प्रजातान्त्रिक पार्टी कांग्रेस प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चल्न सकेन। विधि र विधानअनुसार चल्न नसकेकै कारण यो अवस्था सिर्जना भएको हो,’ नेता सिंहले भने।

ट्रेड युनियनका मुद्दा सम्बोधन गर्न कांग्रेस लागिपर्ने स्पष्ट पार्दै उनले योग्य र ट्रेड युनियन हाँक्न सक्ने नेतृत्वलाई चयन गर्न प्रतिनिधिलाई आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर