स्वास्थ्य बीमा व्यवस्थित बनाउन भनेजस्तो मान्छे पाउन सकिनँ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रूपमा नै सुधारको आवश्यकता देखिएको बताए।

उनले स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने कि निजीले पनि पाउने भन्ने लडाइँ चलिरहेको बताए। उनले निजी अस्पतालहरूले स्वास्थ्य बीमा आफूले नपाउने भए अस्पताल नै बन्द गर्ने चेतावनी दिएको पनि बताए।

उनले निजी क्षेत्रहरूले पनि स्वास्थ्य मापदण्डहरू पूरा नगरेको भन्दै सधैंका लागि बन्द गरिदिने चेतावनी दिएपछि निजी क्षेत्र शान्त भएको बताए।

उनले स्वास्थ्य बीमा प्रभावकारी बनाउन आफूले स्वास्थ्य र बीमा दुवै बुझेको व्यक्ति खोजे पनि पाउन नसकेको बताए।

मन्त्री बस्नेतले स्वास्थ्य बीमाका लागि कार्ययोजना बनाई अघि बढिरहेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *