इन्टरपोल महासभामा सगरमाथा आरोही प्रहरी कर्मचारीलाई सम्मान गर्ने घोषणा भएको छ : आईजीपी

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा सञ्चालन भएको ‘१८ औं हेड अफ एनसीबी कन्फ्रेन्स’ मा सहभागी भई स्वदेश फर्किएका छन्।

जेठ २४ देखि २६ गतेसम्म सञ्चालन भएको कन्फ्रेन्समा नेपालको तर्फबाट प्रतिनिधित्व गरेर महानिरीक्षक कुवँर आइतबार अपराह्न स्वदेश फिर्ता भएका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक कुँवरले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले फहराएको इन्टरपोलको झण्डा इन्टरपोलका अध्यक्ष र महासचिवलाई कार्यसमितिका सदस्यहरूको उपस्थितिमा मेगा कार्यकमबीच नेपाल प्रहरीकोत र्फबाट हस्तान्तरण गरिएको जानकारी दिए।

आगामी नोभेम्बरमा अष्ट्रियाको भियानामा हुने इन्टरपोलको महासभामा प्रहरी वरिष्ठ नायब निरीक्षक नेपालीलाई विशेष आमन्त्रण गरी सम्मान गर्ने कार्यक्रम घोषणा भएको उनले बताए।

यस कार्यले नेपाल र एनसीबी काठमाडौंको छवि माथि उठेको र विश्वसामु नेपालको अस्तित्व उजागर भई नेपाल प्रहरीको इतिहासमा महत्त्वपूर्ण घटनाको रूपमा रहने उनको भनाइ छ।

प्रहरी महानिरीक्षक कुँवरले उक्त कन्फ्रेन्समा इन्टरपोलका १९५ सदस्य राष्ट्रमध्ये १३३ राष्ट्रका एनसीबी प्रमुखहरूबीच इन्टरपोलका सदस्य राष्ट्रहरूको नेटवर्कलाई बलियो र प्रभावकारी बनाउनेबारे छलफल भएको बताए।

अन्तरदेशीय अपराध नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य गर्ने र आतकंवादजस्ता अपराधहरूको नियन्त्रणलगायतका विषयहरूमा बृहत् छलफल भई विभिन्न प्रस्ताव पारित भएको उनले बताए। उनले कन्फ्रेन्स अत्यन्त महत्त्वपूर्ण र उपलब्धिमूलक भएको बताए।

प्रहरी महानिरीक्षक कुँवर कन्फ्रेन्समा सहभागी हुन जेठ २२ गते त्यसतर्फ प्रस्थान गरेका थिए। कन्फ्रेन्समा एनीबी काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेतको सहभागिता थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर