इप्पानको नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरिएको हो।

यस समूहबाट अध्यक्षमा गणेश कार्कीसहित वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी, उपाध्यक्षमा आशिष गर्ग, भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम ब्लोन लामाको उम्मेदवारी घोषणा भएको छ।

त्यस्तै महासचिवको उम्मेदवारमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरूमा भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, भरत नेपाल छन्। कोषाध्यक्षमा नरेन्द्रवल्लभ पन्तको उम्मेदवारी घोषणा भएको छ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि देश ऊर्जामय बनेको बताए। उनले आगामी दिनमा आफूहरूले संसदमा पेस भइसकेको विद्युत ऐनका बारेमा सुझावहरू दिनुपर्ने आवश्यकता देखिएको बताए।

उनले सरकारले काम नगर्ने र लगानी गरेका लगानीकर्तालाई मारमा पार्ने काम गरिरहेको गुनासो गरे। सरकारका कारणले काम नहुँदा कतिपय विद्युत योजनाहरू खारेज भइरहेको समस्या भोग्नुपरेकोप्रति उनले सरकारको ध्यानाकर्षण गराए।

बत्ती बलेका प्रोजेक्टहरू ट्रान्समिसन लाइन नभएका कारण जोड्न नपाएको उनको गुनासो छ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले इप्पानलाई व्यवस्थित गर्न नसके आउने दिनमा नेपालले ठूलो चुनौती भोग्नुपर्ने बताए। उनले देशको व्यापार घाटा कम गर्न जलविद्युत क्षेत्रलाई व्यवस्थित र विस्तार गर्नुपर्ने बताए।

अध्यक्ष मल्लले रुग्ण जलविद्युत परियोजनालाई पनि समेट्ने गरी इप्पानले काम गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर