कटन र ऊनीको धागोमा लगाएको कर हटाउन निर्यात व्यवसायीको माग

निर्यात व्यवसायी महासंघ नेपालले कटन र ऊनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ।

सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो।

व्यवसायीहरूले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ।

महासंघका अध्यक्ष शेखरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत कर घटाउनुपर्ने बताए।

उनले सरकारले कच्चा पदार्थमा कर बढाउनु भनेको आयातलाई प्रोत्साहन गर्नु रहेको बताए।

सरकारले विगतमा निर्यातजन्य उद्योगमा ५० प्रतिशतसम्म आयकरमा छुट दिएपश्चात् १२ प्रतिशत कर तिर्नुपर्नेमा आगामी आर्थिक वर्षदेखि कर वृद्धि हुँदा २० प्रतिशत पुगेको उनले बताए।

उनले सरकारले निर्यातजन्य व्यवसायलाई दिँदै आएकाे नगद अनुदान पर्याप्त नभएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *