स्वर्गद्वारीबाट फर्किँदै गरेको तीर्थयात्री सवार गाडी दुर्घटना

प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्किँदै गरेकाे तीर्थयात्री सवार निजी गाडी दुर्घटना भएको छ।

८ जना सवार लु १ च ६३४५ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका-४, उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो।

गाडीमा लमही-५ का २ महिला, २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिँदै छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर