काठमाडौंका दुईवटा अस्पताल सिल

काठमाडौंका दुईवटा अस्पताल सिल गरिएको छ।

दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पताल एवं बर्थिङ सेन्टर सिल काठमाडाैं महानगरपालिकाले सिल गरेको हो।

महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएपछि सिल गरिएकाे हाे।

अस्पतालले अपनाउनुपर्ने मापदण्डसमेत ती अस्पतालहरूले पालना नगरेको पाइएको महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *