गोंगबुको होटलमा झुन्डिएको अवस्थामा मृत भेटिए युवा-युवती

काठमाडौंको गोंगबुस्थित एक होटलमा एक युवा र एक युवती मृत भेटिएका छन्।

‘गोंगबु लक्ष्मीनगर होटल ग्रीन नेपाल’ मा झुन्डिएको अवस्थामा युवा-युवतीको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए।

उनीहरू सोमबार बिहान साढे ११ बजेतिर उक्त होटलको दोस्रो तलामा रहेको १०५ नम्बरको कोठामा मृत फेला परेका हुन्।

मृत भेटिनेमा गोरखा शहीद लखन गाउँपालिका-१ घर भएका २१ वर्षीय दिनेश सार्की र तनहुँकाे व्यास नगरपालिका-१०, दमौलीकी २६ वर्षीया मुस्कान वयक छन्।

दिनेश शौचालयभित्र चुकुल लगाएर र मुस्कान कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

शवको पोष्टमर्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर