भन्सार महसुल नतिरेको भारतीय स्करपियो सशस्त्र प्रहरीको नियन्त्रणमा

सशस्त्र प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका-१, वीरेन्द्र चोकबाट भन्सार महसुल नतिरेको भारतीय नम्बर प्लेटको स्करपियो नियन्त्रणमा लिएको छ।

सोमबार बैरियाबाट सिम्रौनगढतर्फ जाँदै गरेको एचआर २६ बीबी ००४० नम्बरको सेतो रङको भारतीय स्करपियो प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *