जुगल हिमाल आरोहणका लागि खुला

सरकारले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित जुगल हिमाल आरोहणका लागि खुला गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साेमबार राजपत्रमा सूचना प्रकाशन गरी जुगल हिमशंखलाअन्तर्गतका पाँचवटा हिमाल आरोहणका लागि खुला गरेको हो।

जुगल-१, जुगल-२, जुगल-३, जुगल-४ र जुगल-५ हिमाल आरोहणका लागि खुला भएको हो।

जुगल हिमाल काठमाडौंबाट सबैभन्दा नजिक पर्ने हिमाल हो। २०७५ मा जुगल हिमालको पहिलो पटक सफल आरोहण भएको थियो।

६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको हो। ग्याल्जेन पिकसहित जुगल शृंखलामा ११ वटा चुचुराहरू पर्छन्। यो हिमशृंखलामा हालसम्म पहिचान भएका ११ चुचुरामध्ये ६ हजार २५६ मिटरदेखि ६ हजार ९६६ मिटर उचाइका आठ चुचुरा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *