आईपीओ ल्याउँदै कान्तिपुर टेलिभिजन र सानिमा हाइड्रोपावर

कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन्।

आईपीओ निष्कासनका लागि अनुमति माग गर्दै उनीहरूले धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

सानिमा हाइड्रोपावर लिमिटेडले २६ जेठमा १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति माग गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि उक्त शेयर निष्कासन गर्ने अनुमति माग गरेको छ।

यस्तै कान्तिपुर टेलिभिजन नटवर्क लिमिटेडले २८ जेठमा आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति माग गरेको हो।

धितोपत्र बोर्डले स्वीकृति दिएपछि दुवै कम्पनीले साधारण शेयर निष्कासन खुला गर्नेछन्।

आईपीओ निष्कासनका लागि दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *