बढुवा भएका ५० मध्ये ४५ डीएसपीले लगाए दर्ज्यानी चिह्न

नेपाल प्रहरीमा हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका ५० जनामध्ये ४५ जना अधिकृतहरूले दर्ज्यानी चिह्न लगाएका छन्।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

५ जना डीएसपीहरूले भने संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत रहेकाले दर्ज्यानी चिह्न लगाउन पाएनन्।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को जेठ २९ गतेको निर्णयअनुसार प्राविधिकतर्फका ४ जना र प्रशासनतर्फका ४६ जना गरी ५० जना इन्स्पेक्टरहरूको डीएसपीमा बढुवा भएको होे।

समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिबाट प्राप्त हुने उत्साह र ऊर्जासँगै आगामी दिनमा थप परिपक्वताका साथ जिम्मेवारी वहन गर्ने विश्वास लिएको बताए।

पदोन्नतिलाई अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसरको रूपमा लिई पदोन्नतिको औचित्य पुष्टि हुने गरी काम गर्न उनले निर्देशन दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर