वीरगञ्जमा सशस्त्र प्रहरीले बरामद गर्‍याे २५ लाख रूपैयाँ बढीको अवैध सामान

सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका-१०, आदर्शनगर इलाकाबाट २५ लाख रूपैयाँ बढीको अवैध सामान बरामद गरेको छ।

बुधबार दिउँसो दुईवटा ठेलामा लोड गरी भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको बिलबिजक नभएको लत्ताकपडा, स्मार्ट घडी र एयरबर्ड्स प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जले बरामद गरेको हो।

बरामद सामान २५ लाख २५ हजार ६ सय रूपैयाँ बराबरको रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सामान ल्याउने व्यक्तिहरू भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छाडी फरार भएका थिए।

बरामदमध्ये बिलबिजक बिनाको सुटिङको कपडा ५ लाख ७० हजार रूपैयाँको तथा अन्य लत्ताकपडा, स्मार्ट घडी र एयरबर्ड्स गरी १९ लाख ५५ हजार ६ सय रूपैयाँको रहेको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि बुधबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *