हाजिर गर्दै निस्किन थालेपछि सतर्कता केन्द्रले थाल्यो सिंहदरबारका कर्मचारीहरूको अनुगमन

राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरूको अनुगमन सुरु गरेको छ।

कर्मचारीहरूले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै सतर्कता केन्द्रले बिहीबार सिंहदरबार दक्षिण गेटमा बसेर अनुगमन गरेको हो।

सिंहदरबारभित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेपछि सतर्कता केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम र आईडी कार्डको विवरण राख्न थालेको हो।

छड्के अनुगमन दिनभर नै हुन सक्ने राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्ण अधिकारीले बताए।

सिंहदरबारभित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेको गुनासो आएको र बाहिर निस्किने कर्मचारीहरूले कुनै न कुनै बहाना बनाउने गरेको उनले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर