महिला प्रहरीमाथि यौन दुर्व्यवहार गर्ने एसएसपी निलम्बित *फाेटाे सच्याइएकाे

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल सेवाबाट निलम्बन भएका छन्। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले शुक्रबार उनलाई निलम्बन गरेको हो।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार उनलाई निलम्बनगर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

प्रहरीकी सहायक हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी पाल हेडक्वार्टर तानिएका थिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत पाललाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि अनुसन्धानका लागि हेडक्वार्टर तानिएको थियो।

एसएसपी पालले १९ जेठमा घरबिदामा जाने तयारीमा रहेकी हवल्दारलाई सञ्चारसेटबाटै आफू कहाँ पठाइदिन भनेका थिए।

आदेशपछि सहायक हवल्दार एसएसपीको निवास गएकी थिइन्। त्यहाँ एसएसपी पालले ‘तिमी मलाई मन पर्‍याे, आज गुड फ्राइडे मनाऔं’ भनेको अनुसन्धानमा खुलेको छ।

एसएसपी पालको उक्त अभिव्यक्ति हवल्दारले निवेदनमा पनि उल्लेख गरेकी छन्। एसएसपी पालले अभिव्यक्तिसहित दुर्व्यवहार गर्न लागेपछि उनले ड्युटीमा रहेका अधिकृतलाई घटनाबारे जानकारी गराएकी थिइन्।

उनले एसएसपी पालले दुर्व्यवहार गरेको भन्दै डिउटी अधिकृतलाई जानकारी गराएकी थिइन्।

एसएसपी पालमाथि यौन दुर्व्यवहारको आरोप लागेको यो पहिलो घटना भने होइन। पाल डीएसपी भएर सोलुखुम्बुमा हुँदा पनि यसखाले आरोप लागेको थियो। त्यसबेला पनि उनलाई विभागीय कारबाही गरिएको थियो।

*यसअघि असावधानीवश  फाेटाे अन्यथा परेकाले  क्षमायाचनासहित सच्याएका छाैं। -सम्पादक 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *