रवीन्द्रसँग शेखरले भने- म राजालाई कहिल्यै पूर्वराजा भन्दिनँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ। शनिबार बिहान नेता कोइराला र मिश्रबीच भेटवार्ता भएको हो।

भेटपछि सामाजिक सञ्जाल ट्विटरमा आफूहरूबीचको संवादको अंश शेयर गर्दै मिश्रले नेता कोइरालाले आफूले राजालाई कहिल्यै पूर्वराजा नभन्ने गरेको बताएको उल्लेख गरेका छन्।

कोइरालाले संवादका क्रममा भनेका छन्, ‘म राजालाई कहिल्यै पूर्वराजा भन्दिनँ नि। मैले त भन्ने गरेको छु, हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्रजस्ता अनेकौं डिब्बामा चढेर यात्रा गरिरहेका छौं। गन्तव्यमा चाहिँ एक जना मान्छे मुस्कुराएर पर्खिरहेछन्, ती हुन् राजा।’

त्यसपछि मिश्रले कोइरालाको उक्त भनाइ सार्वजनिक गर्न आफूले अनुमति मागेको र कोइरालाले यो विषय आफूले सार्वजनिक रूपमै भनिसकेको कुरा भएकाले नसक्ने कुरै नभएको बताएका छन्।

‘तपाईंको यो भनाइ म उद्धरण गर्न सक्छु?’ मिश्रको प्रश्नमा कोइराला भन्छन्, ‘किन नसक्नु? मैले सार्वजनिक रूपमै भनेको कुरा हो यो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर