युक्रेन युद्ध : रूसले बेलारूस पठायो आणविक हतियार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारूस पठाएको पुष्टि गरेकाे समाचार संस्था द हिलले उल्लेख जनाएकाे छ।

सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बताएका छन्।

युक्रेनसँग सीमा जोडिएको देशमा रणनीतिक आणविक बम तैनाथ गर्ने योजनाको एक भागको रूपमा रुसले यो योजना अगाडि बढाएको बताइएको छ।

बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले ‘रूसबाट बम र मिसाइलहरू’ को पहिलो भाग प्राप्त गरेको बताएका छन्।

लुकाशेन्कोले रूसी र बेलारूसी राज्य मिडियालाई भनेका छन्, ‘हामीसँग क्षेप्यास्त्र र बमहरू छन् जुन हामीले रूसबाट प्राप्त गरेका छौं।’

बमहरू हिरोसिमा र नागासाकीमा खसालिएको भन्दा तीन गुणा बढी शक्तिशाली रहेका फक्स न्यूजले उल्लेख गरेको छ।
बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले रूसले बेलारुसलाई आणविक हतियारहरू वितरण गरेको बताएका छन्।

युक्रेनी सेनाले रूसविरुद्ध ठूलो मात्रामा काउन्टर अपरेशन सुरु गरेको एक हप्तापछि हतियार त्यहाँ लगिएको हो।

यसैबीच फिनल्याण्ड यस वर्षको अप्रिल ४ मा ब्रसेल्समा रहेको नेटो मुख्यालयमा संयुक्त राज्य अमेरिकासँगको उत्तरी एट्लान्टिक सन्धिमा प्रवेश गर्ने आफ्नो उपकरण जम्मा गरेर नेटोको नयाँ सदस्य बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर