मूल्य नपाएको भन्दै किसानले सडकमा फाले गोलभेँडा

उचित मूल्य नपाएको भन्दै किसानहरूले कालीमाटीको सडक किनारमा गोलभेँडा फालेका छन्।

आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले सडकमै फालेका हुन्।

काठमाडौं, ललितपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरे विरोध जनाएका हुन्।

यतिबेला कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा गोलभेँडाको थोक मूल्य ८ रूपैयाँ छ। यसको अर्थ किसानले खेतमा बढीमा प्रतिकिलो १ रूपैयाँदेखि २ रूपैयाँसम्म मात्रै भाउ पाउने गरेका छन्। यसैको विरोधमा कालीमाटीमा सडकमा गोलभेँडा फालेर किसानले विरोध जनाएका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *