काठमाडौं जिल्ला अदालतमा धर्ना दिन पुगेका उपप्राध्यापक चलाउने प्रहरी नियन्त्रणमा

प्रहरीले काठमाडौं जिल्ला अदालत अगाडिबाट उपप्राध्यापक प्रेम चलाउनेलाई नियन्त्रणमा लिएको छ । आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन पुगेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले चलाउनेसहित केहीलाई नियन्त्रणमा लिएको छ। उनीहरुले मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गरेका थिए ।

चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ ।

भोलि ५ गते पेशी तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर