भारतको गुप्तचर एजेन्सी ‘रअ’ प्रमुखमा सिन्हा नियुक्त

भारत सरकारले त्यहाँको बाह्य गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुखमा रवी सिन्हालाई नियुक्त गरेको छ ।

भारत सरकार कार्मिक, सार्वजनिक गुनासो तथा निवृत्तिभरण विभाग, कर्मचारी तथा तालिम मन्त्रालयको मन्त्रिपरिषद्को नियुक्ति समितिले सोमबार भारतीय प्रहरी सेवा (आइपीएस) मा १९८८ ब्याचका उत्कृष्ट अधिकृत सिन्हालाई प्रमुख गुप्तचर एजेन्सीको जिम्मेबारी दिएको हो ।

भारतको छत्तिसगढ क्याडरका रुपमा सरकारी सेवा प्रवेश गरेका सिन्हा हाल मन्त्रीपरिषद् सचिवालयमा विशेष सचिवका कार्यरत छन् । हालका रअ प्रमुख सामन्तकुमार गोयलले १५ असार (३० जुन, २०२३) बाट अनिवार्य अवकाश पाउने छन् । सिन्हाले १६ असार (१ जुलाई २०२३) बाट कमाण्ड सम्हाल्ने छन् ।

मन्त्रिपरिषद्को नियुक्ति समितिले सिन्हालाई दुई वर्षको कार्यकालका लागि रअ प्रमुखमा नियुक्त गरेको हो । सिन्हा पछिल्लो सातवर्षदेखि रअ कै अपरेशन हेड भएर काम गरिरहेका थिए ।

सिन्हा अन्तर्राष्ट्रिय मामिला र आन्तरिक आतंकबाद बिरुद्ध सशक्त कारबाहीका लागि कहलिएका सुरक्षा अधिकारी हुन् । उनी भारतको जम्मु–कश्मिर, उत्तर पूर्वी राज्यहरु र चरम वामपन्थी आन्दोलनका जानकार मानिन्छन् ।

उनी भारतीय जनता पार्टी (भाजपा) बा६ तत्कालिन प्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयी नेतृत्वको सरकारकै कार्यकालमा रअमा आएका थिए । एसएसपी पदबाट रअको करियर थालेका सिन्हा हाल डाइरेक्टर जर्नल पदमा थिए । उनी जम्मु–कश्मिर तथा उत्तरपूर्वका विभिन्न राज्यमा संचालन भएका विशेष कारबाहीमा नेतृत्वकारी भुमिकामा थिए ।

सिन्हाले पाकिस्तान, अफगानिस्तान र चीनमासमेत अधिकारीका रुपमा काम गरेको अनुभव राख्दछन् ।

भारतको बिहार राज्यका स्थायी बासिन्दा सिन्हा नेपाल मामिलाका जानकार हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर