अमेरिकी विदेशमन्त्री ब्लिंकनले भेटे चिनियाँ राष्ट्रपति सी

चीनको दुईदिने भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्।

ब्लिंकन र सीबीचको भेट तालिकामा थिएन, तर पछि यो भेट तय भएको हो। राजधानी बेइजिङको ‘ग्रेट हल अफ द पिपुल’ मा उनीहरूबीच भेटवार्ता भएको हो।

पछिल्लो पाँच वर्षमा चीन भ्रमण गर्ने ब्लिंकन पहिलो वरिष्ठ अमेरिकी नेता हुन्। ब्लिंकनले यसअघि चीनका शीर्ष कूटनीतिज्ञ वाङ यी र चिनियाँ विदेशमन्त्री चिन गांगसँग भेट गरेका थिए।

वाङ यी कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश मामिला आयोगका प्रमुख हुन्।

चीन र अमेरिकाबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण छ। दुई देशबीच धेरै विषयमा मतभेद छन्। अमेरिकी विदेशमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ।

वाङ यीले दुवै देशले साझेदारी र संघर्षमा एक रोज्नुपर्ने बताएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *