हुम्लामा जीप दुर्घटना हुँदा चालकको मृत्यु

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-२ स्थित च्याछरा भिरबाट जीप खस्दा घाइते भएका चालकको मृत्यु भएको छ । धनुषाको शान्तिपुर-२ घर भएका घाइते चालक २५ वर्षीय राजेश हेन्जन तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३-१-०२२ च ५१२५ नम्बरको जीप आज च्याछरास्थित कर्णाली नदीमा खसेको थियो । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार जीपमा सवार १२ यात्रु सकुशल रहेका छन् । उकालो सडकमा ती सबै यात्रु जीपबाट बाहिर निस्किएका कारण बाँच्न सफल भएका बताइएको छ ।

जीप खस्नै लाग्दा चालक तामाङले हाम फालेका थिए । सो क्रमाम उनी सख्त घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर