सुदूरपश्चिमका मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ५ जना घाइते

सुदूपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ।

मंगलबार डडेल्धुराबाट चैनपुर जाने क्रममा मन्त्री सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।

सु प प्र ०१-००१ झ ४८० नम्बरको उक्त गाडी दुर्घटना हुँदा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

दुर्घटनामा मन्त्री सिंहसहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर