प्रचण्ड र विप्लवबीच पार्टी एकताबारे छलफल

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको सम्बद्ध स्रोतले जनाएको छ।

छलफलमा समाजवादी मोर्चा नेपाल घोषणापछिको अवस्था र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।

यस्तै उनीहरूबीच पार्टी एकताका विषयमा पनि छलफल भएको हो।

प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहालका अनुसार समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा तथा पार्टी एकताबारे दुई शीर्ष नेताबीच गम्भीर छलफल भएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर