सशस्त्र प्रहरी तथा आश्रित परिवारलाई चन्द्रागिरि, मौलाकाली र लुम्बिनी केबलकारको टिकटमा विशेष छुट

आईएमई ग्रुपद्वारा सञ्चालित केबलकार कम्पनीहरू चन्द्रागिरि हिल्स, मौलाकाली केबलकार र लुम्बिनी केबलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरूलाई केबलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएका छन्।

आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तीनवटै केबलकार कम्पनीहरूले छुट प्रदान सम्बन्धी सम्झौता गरेका हुन्।

सम्झौताअनुसार बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरू, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू, आश्रित परिवारहरू साथै नेपाल एपीएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले केबलकार टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्नेछन्।

सशस्त्र प्रहरी बलको कल्याणकारी योजनाअन्तर्गत भएको यो सम्झौताबमोजिम यो छुट प्राप्त गर्न बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचयपत्र, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले पेन्सन पट्टा तथा आश्रित परिवारहरूले नाता प्रमाणित कागजात देखाउनु पर्नेछ।

सम्झौतापत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण कँडेल र मौलाकाली तथा लुम्बिनी केबलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रूद्र पौडेल, चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक सञ्जीव थापाले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर समारोहमा आईएमईअन्र्तगतको बेष्ट रिसोर्टका निर्देशक अभिषेकविक्रम शाहलगायत आईएमई ग्रुप तथा सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको सहभागिता थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर