गोरखा जीप दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको शहीदलखन गाउँपालिका-३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन्।

प्रधानमन्त्री दाहालले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन्। उनले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

शहीदलखन गाउँपालिका-३, चिलिङकोटबाट बेहुली लिएर शहीदलखन-५, ताक्लुङ फर्किँदै गरेको ०१-०२३ च ४४२७ नम्बरको जीप गए राति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो। दुर्घटनामा १२ जना घाइते भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर