जेएमसीको ‘भिगस प्लस’ पिकअपमा आकर्षक फाइनान्स सुविधा

छोटो समयमै नेपाली बजारमा राम्रो प्रभाव पार्न सफल ब्राण्ड जेएमसीले ‘भिगस प्लस’ नामक आफ्नो पिकअप गाडी खरिदकर्ताका लागि आकर्षक फाइनान्स अफर ल्याएको छ ।

यस अफरअन्तर्गत खरिदकर्ताहरुले ७५ प्रतिशत फाइनान्समा ‘भिगस प्लस’ गाडीलाई आफ्नो बनाउन सक्नेछन् ।

खरिदकर्ता कै सहजताका लागि अफर अन्तर्गत २४ घण्टा भित्र डेलिभरी, आकर्षक नगद छुट र सहज एक्सचेन्जका साथ हरेक टेस्ट ड्राइभमा उपहारसमेत जेएमसीले दिँदै आएको छ ।

त्यसका साथै सोरुम नधाइकन टेस्ट ड्राइभ गर्न चाहनेका लागि भनेर जेएमसीले डुवरस्टेप सुविधा पनि लिएर आएको छ । जसमा जेएमसीका कर्मचारीहरू गाडी लिएर टेस्ट ड्राइभ गर्न इच्छुक खरिदकर्ताको घरैसम्म पुग्नेछन् ।

नेपालमा शंकर ग्रुपको मातहतमा रहेको शौर्य ग्रुप आधिकारिक विक्रेता रहेको जेएमसी एक चाइनिस सवारी साधन कम्पनी हो ।

फो व्हिल डाइभ भएको ‘भिगस प्लस’ मोडलको पिकअपजस्ता अत्याधुनिक र गुणस्तरका गाडी उत्पादन गर्ने जेएमसीले चीनको बजारमा बलियो प्रवाभ पार्न सफल बनिसकेको छ ।

चीनमा जेएमसीका ट्राभलर भ्यान र कार्गो ट्रकलगायतका अन्य अरू सवारी साधन पनि उपलब्ध रहेका छन् ।

चिनियाँ बजारको अपार सफलतापछि नेपाल भित्रिएको जेएमसीले आगामी दिनमा नेपाल भित्र अन्य अरू मोडलका गाडीहरू पनि भित्र्याउने योजना राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *