जुम्लाको सिञ्जा गाउँपालिकामा सुत्केरीलाई पाँच हजार भत्ता

जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पाँच हजार रूपैयाँ भत्ता दिएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले पाँच हजार रूपैयाँ सुत्केरी भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए।

घरमा हुने सुत्केरीदरलाई शून्यमा झार्नका लागि पालिकाले पाँच हजार रूपैयाँ भत्ता दिने कार्यविधि ल्याएर नीति तथा कार्यक्रमबाट पारित भई कार्यान्वयमा आएको उनको भनाइ छ।

बर्थिङ सेन्टरभन्दा टाढाका गाउँबाट सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने महिलालाई प्रोत्साहनस्वरूप भत्ता दिने गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। उनका अनुसार यहाँका २६ जना सुत्केरीलाई उक्त रकम गाउँपालिकाको स्वास्थ्य शाखाले प्रदान गरेको छ।

सिञ्जाका सबै वडामा प्रसूति गृह निर्माण भई सञ्चालनमा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

 

प्रतिक्रिया

One thought on “जुम्लाको सिञ्जा गाउँपालिकामा सुत्केरीलाई पाँच हजार भत्ता

  1. मागेर बड्ने चलन कहिले सम्म केन्द्र सरकारले 3500 प्रदेशले 2000 अनि फेरि गाउँपालिकाले 5000 अब वडा र टोलले मात्र बाकी आखिर कहिले सम्म? परनिर्भर बनाउने जनतालाइ के हामी स्क्ष्यम बन्न सकिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *