अर्काको नाममा सवारी लाइसेन्सको परीक्षा दिने सशस्त्र प्रहरी जवान पक्राउ

सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ। यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’ मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो।

पर्वतको कुश्मा नगरपालिका पकुवा घर भई हाल सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी रूपन्देही निवासी सशस्त्र प्रहरी जवान कोहिरीलाई परीक्षा स्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए।

नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रूपन्देहीमा कार्यरत छन् भने सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्रवाहिनीमा कार्यरत छन्। परीक्षा दिन लगाउने सशस्त्र प्रहरीकै सहायक हवल्दारलाई पनि अनुसन्धानका लागि बोलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ।

*यसअघि शीर्षकमा  सशस्त्र प्रहरी जवान हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासिहत सच्याइएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर