सशस्त्र प्रहरीद्धारा रुपन्देहीमा करिब दुई करोड रुपैयाँको सुन बरामद

सशस्त्र प्रहरी बल, नेपालले रुपन्देहीबाट भारततर्फ तस्करी भइरहेको करिब दुई करोड रुपैयाँको सुन बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म, डण्डा, रुपन्देही मातहतको बीओपी बयरघाटले शनिबार राति लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ स्थित कालीदहमा सुनसहित गाडी बरामद गरेको हो ।

सशस्त्र प्रहरीले दाङ घोराही नगरपालिका-१० का २१ वर्षिय हुमानन्द गिरीलाई समेत पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बिशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको जानकारी दिए ।

भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कारभित्र दुई वटा सुनका बिस्कुट लुकाएको अवस्थामा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । चालक मात्र रहेको सवारी साधनमा फेला परेको सुनको अन्दाजी मूल्य एक करोड ८५ लाख ६५ हजार हुन आउँछ ।

रुपन्देहीस्थित सिद्धार्थनगर सुन चाँदी व्यवसायी संघले बरामद वस्तु सुन भएको प्रमाणित गरेको । जसकाे  तौल १ किलो ९ सय ६५ ग्राम ३ मिलि ग्राम र  बजार मूल्य १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ ५४ पैसा रहेको छ ।

शनिबार राति नै सुन र १५ लाख रुपैयाँ गाडीको मूल्य कायम गरेर गरेर दुई करोड तीन लाख २७ हजार मूल्य बराबरको धनमाल भन्सार कार्यालयलाई बुझाइएको बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *