रूस-युक्रेन युद्ध

विद्रोह घोषणाको २४ घण्टा नबित्दै पछि हट्यो वाग्नर समूह, रूस छाडेर बेलारूस लागे प्रमुख

विद्रोह घाेषणा भएको २४ घण्टा नबित्दै रूसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूह पछि हटेको छ। यो समूहले विद्रोहको प्रयास गरेको २४ घण्टाभन्दा कम समयमै महत्त्वपूर्ण ठानिएको रोस्तोभ-अन-डनका शहर छोड्न थालेको हो।

यसअघि समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले आफ्ना लडाकुहरूलाई रक्तपातबाट बच्नका लागि युक्रेन फर्कन आह्वान गरेका थिए।

उनी अहिले छिमेकी राष्ट्र बेलारूस गइरहेको बताइएको छ। रूसी सञ्चारमाध्यमहरूमा सार्वजनिक विवरणका अनुसार अब उनी र उनका सेनाहरूविरूद्ध लगाइएको आरोप हटाइने छ। यसले रूसमा एक अराजक तथा असाधारण दिनको अन्त्य भएको संकेत गर्छ।

वाग्नर समूह रूसको सरकारी सेनासँग मिलेर युक्रेनमा लडिरहेको निजी सेना हो। हालैका महिनाहरूमा प्रिगोजिनले रूसको सैन्य नेतृत्वको खरो आलोचना सुरू गरेपछि उनीहरूबीच युद्ध लड्ने शैलीलाई लिएर तनाव बढिरहेको थियो।

शनिवार वाग्नरका सैनिकहरू युद्धरत युक्रेनस्थित आफ्नो क्षेत्रबाट रूसको सीमाभित्र फर्किएर दक्षिणी शहर रोस्तोभ-अन-डनमा प्रवेश गरेपछि तनाव चुलिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *