टीभीएसले ल्यायो आकर्षक ‘नयाँ सफर बिना कर’ अफर

नेपालकै सर्वाधिक रूचाइएको दुईपाङ्ग्रे सवारी साधन कम्पनी टीभीएसले नयाँ खरिदकर्ताहरूलाई लक्षित गरी ‘नयाँ सफर बिना कर अफर’ सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नुपर्ने खरिद वर्षको सडक कर र अर्को एक वर्षको सडक कर टीभीएस आफैले तिर्नेछ ।

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देशभित्रका सबै ठाउँ लागू गरिसकेको छ, जसले गर्दा प्रयोगकर्ताहरू दुई वर्षको कर तिर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् भने आर्थिक हिसाबले पनि फाइदामा परेका छन् । यसबाहेक टीभीएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति आकर्षक फाइनान्स सुविधा पनि ल्याएको छ, जसअन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टिभिएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १५० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मन मस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादन, बिक्री पश्चातको उत्कृष्ट सेवा, देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धता र उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टु-ह्विलर ब्राण्डका रूपमा स्थापित बन्न पुगेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर