सम्पर्कविहीन १९ प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन हेडक्वार्टरको सूचना

नेपाल प्रहरीले लामो समयदेखि गैरहाजिर रहेका १९ जना अधिकृतहरूलाई ७ दिनभित्र सम्पर्कमा आउन सूचना निकालेको छ।

प्रहरी प्रधान कार्यालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै बिदा स्वीकृति नलिई आफूखुसी लामो समयदेखि गैरहाजिर अधिकृतहरूलाई चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन भनेको हो।

यसअघि पटक-पटक सम्पर्कमा आउन आग्रह गरिएकोमा उनीहरूले अटेर गरेपछि बाटोको म्यादबाहेक ७ दिनको समय दिएर प्रहरी प्रधान कार्यालयले पुनः मौका दिएको जनाएको छ ।

‘आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरु उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसूरमा ऐ नियमावलीको नियम १०९ को देहाय (ख)(१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने,’ सूचनामा उल्लेख छ।

इलाका प्रहरी कार्यालय, चितवनका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव, नेपाल प्रहरी संगीत विद्यालय, काठमाडौंका प्राविधिक प्रहरी जवान वसन्त गिरी र विदूर श्रेष्ठ, प्रहरी चौकी, कीर्तिपुरका प्रहरी जवान ऋषि पिठाकोटी थापामगर, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ गुल्म नम्बर ३, महाराजगञ्जका प्रहरी जवान सन्तोष भट्टसँग स्पष्टीकरण मागिएको हो।

त्यस्तै ललितपुरको कुपण्डोलस्थि सीआरबीमा दरबन्दी भएका प्रहरी जवान भुवन खत्री, नेपाल प्रहरी अस्पताल, गुल्म नम्बर १ कार्यशाखा, जगन्नाथदेवलका प्रहरी जवान वसन्त रोका र गुल्म नम्बर ३ का प्रहरी जवान किरण मजाकोटी, प्रहरी चौकी, चिचिलाका प्रहरी जवान किरण चेम्जोङ, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी जवान शैलेन्द्र यादव, इलाका प्रहरी कार्यालय, फेन्हाराका प्रहरी जवान मुकेश महतो नुनियालगायत पनि लामो समयदेखि गैरहाजिर छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर