ललिता निवास प्रकरणमा डिल्लीबजार मालपाेतका तत्कालीन प्रमुखसहित थप चार जना पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप चार जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टाेलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गरूङलाई पक्राउ गरेको केही बेरपछि थप चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने थप चार जनामा भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू रहेका छन्।

मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भूपेन्द्रमणि केसी काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका हुन्।

२०४९ सालदेखि २०६६ सम्म उनीहरू मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए।

यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरूङलाई सीआईबीले मंगलबार बिहान उनको नक्सालस्थित निवासबाट पक्राउ गरेको थियो।

ललिता निवासको सरकारी जग्गा उनीहरूसँगको मिलेमतोमा राजनीतिक नेतृत्वदेखि अन्य पहुँचवालाले हडपेका थिए। मालपोत कार्यालयका कागजपत्र कीर्ते गरेर सरकारी जग्गा हडपिएको यो प्रकरण लामो समय सेलाएपछि सरकारले फेरि ब्युँताएर अनुसन्धान अघि बढाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर