कञ्चनपुरमा टिपर र मोटरसाइकल जुध्दा एक जनाकाे मृत्यु

कञ्चनपुरको पुनरवास नगरपालिकामा आज बिहान टिपर र मोटरसाइकल एकआपसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ।

पुनरवास नगरपालिका-५, सिमरीमा धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१ क २२०० नम्बरको टिपरसँग विपरीत दिशाबाट आइरहेको से ४ प २२७१ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकल चालक स्थानीय ६२ वर्षीय मोतिलाल रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

टिपरसँग ठोक्किएर गम्भीर घाइते रानाको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ। टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर