जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिका-८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ वर्षीया प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।

विद्युतकाे तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर मुत्यु भएको उनकाे भनाइ छ। करेन्ट लागेर अन्य चार जना भने सामान्य घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइते हुनेमा सोही गाउँका शान्ति दमाइ, राजु दमाइ, मन दमाइ, र विरु दमाइ छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर