जन्ती गएर फर्कँदै गरेका बाबु-छाेरीकाे सडक दुर्घटनामा प्राणान्त, श्रीमती र छाेरासहित पाँच घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडकखण्डमा आज सडक दुर्घटनामा परेर बाबु-छोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी-९, भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र १-०२-००१क ३८७९ नं. को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १-०१-००च ७४८२ नम्बरकाे कार एकापसमा ठक्कर खाँदा कार चालक मोरङको उर्लाबारी-६ का ४५ वर्षीय गुरूचन चौधरी र सोही कारमा सवार उनकी छोरी १८ वर्षीया कुमकुमको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते दुवैको उपचारका क्रममा विर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइते हुनेमा मृतककी श्रीमती ४० वर्षीया सुजिता, छोरा १० वर्षीय विवेक, ३६ वर्षीया रञ्जुदेवी चौधरी, रतुवामाई-१० का १९ वर्षीय रिकेश न्यौपाने र उर्लाबारी-७ की ४० वर्षीया मुना शाह रहेका छन्। उनीहरूको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ।

परिवार र आफन्तसहित उनीहरू विवाहमा सहभागी भई घर फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर