ललिता निवास प्रकरण

अनुसन्धानमा पूर्वमन्त्रीसमेत तानिए, पत्रकार सम्मेलन गरेर विवरण सार्वजनिक गर्दै सीआईबी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार बिहान ११ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै पक्राउ आरोपी र घटना विवरण सार्वजनिक गर्दैछ । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणको फाइल प्रहरीले डेढ वर्षपछि फेरि खोलेर मंगलबार मात्रै सातजना आरोपीलाई पक्राउ गरेको छ ।

ललिता निवास प्रकरण  अनुसन्धान २०७८ पुसदेखि रोकिएको थियो ।

करिब १३ अर्ब रुपैयाँ हिनामिना भएको अनुमान गरिएको यो प्रकरणमा तीन सयभन्दा धेरै प्रतिवादी कायम हुनसक्ने प्रहरीको अनुमान छ । ब्यूरोले ललिता प्रकरणसँग जोडिएका चार मुद्दामा ४०६ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जसमा केही पूर्वमन्त्रीसमेत रहेको ब्यूरो स्रोतको दाबी छ ।

यो प्रकरणमा मंगलबार पक्राउ परेका तीन जना छुटेका छन्।

अदालतबाट ‘स्टे अर्डर’ लिएका तीन जनालाई सीआईबीले कागज गराएर छाडेको हो।

मंगलबार पक्राउ परेका ७ मध्ये तीन जनाले सर्वोच्च अदालतबाट पक्राउ नगर्न ‘स्टे अर्डर’ लिएको पाइएपछि उनीहरूलाई छाडिएको हो।

‘स्टे अर्डर’ लिनेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी रहेका छन्।

सीआईबीले यस प्रकरणमा मंगलबार ७ जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, भूपेन्द्रमणि केसी र गोपाल कार्की छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *