ललिता निवास प्रकरण : पक्राउ परेका ४ जनालाई ७ दिन थुनामा राख्न अनुमति

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

मंगलबार पक्राउ परेका उनीहरूलाई म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालत पेस गरिएकोमा अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू धर्मप्रसाद र गोपाल कार्कीलाई थुनामा राख्न अनुमति दिइएको हो।

७ जना पक्राउ परेकोमा ३ जना भने अदालतको स्टे अर्डर देखाएर मंगलबार नै छुटेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई कागज गराएर छाडेको हो।

सीआईबीले पक्राउ परेकाहरूविरूद्ध मुुलुकी ऐन, २०२० अनुसार मुद्दा चलाउने तयारी गरेको छ। सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले यस ऐनमा हदम्यादको व्यवस्था नभएकाले हदम्याद नलाग्ने बताइन्।

सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्ने क्रममा भएको कीर्तेमा उनीहरूमाथि अनुसन्धान भइरहेको हो।

जग्गा हिनामिना प्रकरणमा ४०६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको पनि सीआईबीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *